बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोडपेको लिफ्ट खानेपानी योजना मर्मतको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई मागपत्र पेश गरिएको छ । सिद्धेस्वर खोड्पे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोहन सिंह बिष्टसहित अन्य सदस्यहरुको हस्ताक्षरित मागपत्र मुख्यमन्त्री शाहसमक्ष पेश गरिएको हो ।
बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, खानेपानी उपभोक्ता समतिकिा सचिव दिवान सिंह बिष्ट, खोडपे बजारका व्यावसायी एवं ज्ञानेश्वर नमुना माविका शिक्षक कृष्ण सिंह बिष्ट र निवर्तमान बजार व्यवस्थापन समितिका कोषाध्यक्ष बिर बहादुर महराले मुख्यमन्त्री शाहको कार्यकक्षमै भेट गर्दै उक्त मागपत्र पेश गरेका हुन् ।
मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले यस खोडपे खानपानी योजना मर्मतको लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सिद्धेस्वर लिफ्ट खानेपानी उपभोक्ता समितिका सचिव दिवान सिंह बिष्ट जानकारी दिनुभयो । यसअघि पनि मुख्यमन्त्री शाहलाई खानेपानी योजना मर्मतको माग गर्दै ज्ञापन पत्र पेश गरिएको थियो ।

















