अनिताले एपिएफको कप्तान गर्ने

Image

काठमाडौं । एएफसी च्याम्पियन्स लिग अन्तर्गत प्रारम्भिक चरणको खेलमा एपिएफ क्लबको कप्तानी अनिता बस्नेतले गर्ने भएकी छन् । एपिएफले अनिताको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गर्यो ।

फ्रेन्च लिग खेलिरहेकी सावित्रा भण्डारीले भने प्रतियोगिता गुमाउने भएकी छन् । यसअघि उनी लोनमा समावेश हुने बताइएको थियो । एएफसीले पहिलो पटक आयोजना गर्न लागेको च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालले उज्वेकिस्तानको पिएफसी नासफ र मलेसियाको सबाह एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘सी’ का सबै खेल मलेसियामा हुनेछ । प्रतियोगिताका लागि एपिएफ बिहीबार नै मलेसिया प्रस्थान गरेको छ । प्रारम्भिक चरणका खेल २५ देखि ३१ अगस्टसम्म हुनेछ । प्रारम्भिक चरणबाट हरेका समूहका शीर्ष टोलीले समूह चरणमा स्थान सुरक्षित गर्नेछन् । एपिएफले आइतबार नासफसँग खेल्दै प्रतियोगिताको सुरआत गर्नेछ ।

यसैगरी एपिएफले आगामी बुधबार घरेलु टोली सबाहसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफले राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङ मुख्य र विनोद डंगोललाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको लागि एपिएफको नाम सिफारिस गरेको हो ।

एपिएफमा अनितासँगै राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा, सावित्रा प्रीति राई, गिता राना, सरु लिम्बु, रेनुका नगरकोटे, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, निशा थोकर, हिराकुमारी भुजेल, अनु लामा, अनिता केसीलगायतका खेलाडी छन् ।

यसैगरी एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबकी उषा नाथ र अमृता जैसी तथा त्रिभुवन आर्मी क्लबबाट रश्मीकुमारी घिसिङ, अमिशा कार्की र दीपा शाहीलाई अनुबन्ध गरेको छ ।

एपिएफको टोली