अवरुद्ध महाकाली राजमार्ग सात घण्टापछि खुल्याे

Image

बैतडी । सुख्खा पहिराेका कारण अवरुद्ध भएकाे महाकाली राजमार्ग सुचारू भएकाे छ। बैतडीको दाेगडाकेदार गाउँपालिका ५ सलसेना भीरमा सडक माथिबाट पहिराे खस्दा दिउँसो २ बजेदेखि राजमार्ग अवरुद्ध भएकाे थियाे ।

सडकमा खसेकाे पहिराेलाई दुई जेसिबी लगाएर पन्छाएपछि राती ९ बजेपछि राजमार्ग सुचारू भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,”सडक माथिबाट ठुलाे पहिराे खसेकाे थियाे,दुईवटा जेसिबि लगाएर ७ घण्टापछि राजमार्ग सुचारू भएकाे छ।”

राजमार्ग सुचारू भएसंगै बीचबाटाेमै अलपत्र परेका सवारीसाधन तथा यात्रुहरू आ आफ्नाे गन्तव्यतर्फ लागेका छन्।