हेटौँडा–४ ले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई प्राथमिकता दिएको छ : सिग्देल

Image

हेटौंडा/ हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले वडाको विकासलाई भौतिक पूर्वाधारमा मात्र सीमित नराखी शिक्षा, स्वास्थ्य र खेलकुदलाई समेत प्राथमिकता दिइरहेको बताएका छन्।

नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै सिग्देलले युवाको प्रतिभा पहिचान र क्षमता विकासका लागि खेलकुद महत्वपूर्ण माध्यम भएको बताए। खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने उनको भनाइ थियो।

प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गरेकी थिइन्। लामाले हेटौँडा–४ ले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा नमुना काम गरिरहेको बताइन्।

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, खेलाडी, खेलप्रेमी तथा स्थानीयको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।