टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध

Image

काठमाडौं । द फुटबल एसोसिएसन (एफए) ले इङ्लिस प्रिमियर लिगको क्लब टोटहमका मिडफिल्डर रोड्रिगो बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध लगाएको छ ।

एफएले जातिवादी टिप्पणी गरेका कारण बेन्टेनचरमाथि प्रतिबन्ध लगाएको हो । उरुग्वेका बेन्टेनचरले एक टेलिभिजन कार्यक्रमका दौरान आफ्ना सहकर्मी सन ह्युन मिनलाई लक्षित गर्दै जातिवादी टिप्पणी दिएका थिए ।

बेन्टेनचरले आफ्नो गल्ती स्विकार्दै दक्षिण कोरियका ह्युन मिनसँग माफी पनि मागिसकेका छन् ।