ब्लाइन्ड क्रिकेट विश्वकप खेल्ने वाग्मती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा

Image

काठमाडौं । पाकिस्तानमा भइरहेको चौथो ब्लाइन्ड क्रिकेट टी–२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका वाग्मती प्रदेशका खेलाडीलाई वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले पुरस्कार घोषणा गरेको छ ।

वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले विश्वकपमा उच्च प्रदर्शन गर्ने वाग्मती प्रदेशका चार खेलाडीलाई जनही २० हजार नगदबाट सम्मान गर्ने जानकारी दिए ।

ब्लाइन्ड टिममा वाग्मती प्रदेशबाट सागर लामा, प्रविन स्याङ्गतान, अमिस गुरागाईं र सन्त पहारी विश्वकपमा सहभागी छन् ।

चौथो पटक ब्लाइन्ड क्रिकेट विश्वकप खेलेको नेपाली टोलीले पहिलोपटक सेमिफाइनल पुग्दै इतिहास रचेको छ । ६ टोली सहभागि विश्वकपमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल पुग्न सफल भएको हो ।

लिग चरणमा नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । श्रीलंका, बंगलादेश र पाकिस्तानसँग भने नेपाल पराजित भयो । भारतले सहभागिता नजनाएपछि नेपालले वाकओभर पाएको थियो ।