हेटौंडा पिप्ले रंगशालामा भोलि हुने पहिलो खेलमा दोलखा र नुवाकोटको भिडन्त

Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिका पिप्ले रंगशालामा दोश्रो संकरणको बागमती प्रदेश फुटबल लिगको उद्बघाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले गर्नुभयो। आज भएको पहिलो खेलमा चित्लाङ्ग एफसी काठमाडौले बिजयी सुरुवात गरेको छ भने
उद्बघाटन खेलमा काठमाडौले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३-० ले पराजित गरेको हो ।

समूह ए को पहिलो खेलमा काठमाडौलाई सहज जित दिलाउन अंकित रास्कोटीले ह्याट्रिक गरे । खेल सुरू भएको ७९ मिनेटमा उनले गोल गरेका हुन् । खेलमा रास्कोटिनै म्यान अफ द म्याच समेत घोषित भए । भोलि हुने दुईवटा खेलमा दोलखा र नुवाकोटको पहिलो खेल हुनेछ भने दोश्रो खेल भक्तपुर र सिन्धुलीविच हुनेछ।