हेटौंडा / हेटौंडा उपमहानरपालिका ७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
२६ औं स्थापना दिवसको अवसरमा संस्थाको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरीएको संस्थाका सञ्चार प्रमुख शुसिल सुबेदीले जानकारी दिनुभयो । रक्तसञ्चार सेवा केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा ७ जना महिला र २२ पुरुष गरि जम्मा २९ जनाले रक्तदान गरेको सुबेदीले जानकारी दिनुभयो।
संस्थाले स्थापना दिवसको अवसरमा वार्षिक रुपमा रक्तदान गर्दै आएको छ भने अन्य रगत समूहको तुलनामा ‘ए पोजेटिभ’ रगतको अभाव देखिएकोले उक्त रक्त समूहका व्यक्तिलाई रक्तसञ्चार सेवा केन्द्रमा आएर रगतदान गर्न प्राविधिक किशोर सापकोटाले आग्रह गर्नुभयो ।

















