हेटौंडा / हेटौंडा उपमहानगर पलिका ११ नम्बर वडा स्थित दुईवटा टोल विकास संस्थाका सदस्यहरुलाइ सहकारी शिक्षा बारे जानकारी गराइएको छ । हेटौंडा ११ मा रहेको उपयोगी सहस्राब्दी वचत तथा ॠण सहकारी संस्था लिमिटेडले टोलविकास सदस्यहरुलाइ सहकारी शिक्षा प्रदान गरेको हो ।
उपयोगी सहस्राब्दी को आयोजनामा दिइएको सहकारी शिक्षा तालिममा हेटौंडा ११ का सुर्योदय टोलविकास संस्था , तल्लोताल टोलविकास संस्था का ६० जना सदस्यहरुको सहभागीता रहेको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्य ले जानकारी दिए । 
उपयोगी सहस्राब्दी वचत तथा ॠण सहकारी संस्था लिमिटेड का अध्यक्ष दिनेश बिडारीले सहजीकरण गरेको र तल्लोताल टोलविकास संस्थाका अध्यक्ष अर्जुन बर्तौला , सुर्योदय टोलविकास संस्थाकि उपाध्यक्ष शिला उप्रेती , समाजसेवी सुबोध सुवेदी लगायतकाको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम उपयोगी सहस्राब्दीका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षतामा भएको थियोे ।

















