हेटौंडा/ हेटौंडा ११ मा रहेको सिमलटार टोल विकास संस्थाको भवन शिलान्यास गरिएको छ । टोल विकासले निर्माण गर्न लागेको संस्थाको भवन हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ११ वडा अध्यक्ष जुना दाहालको बिषेश आथित्यता रहेको थियो भने कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ११ का सदस्य बिकास नेपाल,संन्जय बिडारी, हेटौंडा उपमहानगरपालिका वडा नं ११ टोल बिकास सस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञराज आचार्य, टोल बिकास संस्थाका अध्यक्ष सुर्य लामा, हेटौंडा ११ खेलकुद समितिका अध्यक्ष प्रभाकर पुडासैनी, टोल बिकास संथाका उपाध्यक्ष ईन्द्र लामा , हेटौंडा ११ राप्ती रिभर साईड समितिका अध्यक्ष तथा युवा समाजसेवी सुन्दरलाल श्रेष्ठ, सिमलटार टोल बिकास संथाका पुर्व अध्यक्ष मधुकुमार थापा मगर लगायतको उपस्थितिमा कार्य सम्पन्न भएको हो।
भवन निर्माण समिति संयोजक अध्यक्ष सुर्यमान लामाले तिन कोठे पक्की भवन निर्माणका लागि लगभग ३० लाख रुपैँया खर्चमा सम्पन्न हुने जानकारी दिदै हेटौंडा उपमहानगरपालिका वडा नं ११ को समन्वयमा उपमहानगरपालिका बाट ४ लाख रुपैया बिनियोजन गरि सुरु गरिएको बताउनुभयो।

















