हेटौंडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा आज सनिबार सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आथिथ्यतामा र सहकारी महासाखा प्रमुख हिम प्रसाद पौडेलको बिशिष्ट आथित्यतामा उत्घाटन तथा सम्पन्न गरिएको हो।
हेटौंडा ७ नागस्वती नवज्योति माध्यमिक बिद्यालयको चौरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेयर लामाले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानप्रति उपमहानगरपालिका अगाडि बढिरहेको बताउनुभयो। 
यस्तो छ वित्तीय अवस्था
सेयर पुँजी र शेयर सदस्य : आर्थिक वर्ष २०७९/०८० सम्म मा संस्थाको सेयर पुँजी ४ करोड २३ लाख ६७ हजार २०० रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/ ०८१ मा ४ करोड ७८ लाख ४३ हजार ७ सय रहेको छ । यस्तै सेयर सदस्य बृद्धिमा गत आर्थिक बर्षमा ६८२१ जना रहेकोमा आर्थिक बर्ष २०८०/०८१ सम्ममा ७१४५ जना सेयर सदस्य रहेका छन।
कोषतर्फ : आ.ब. २०८०/०८१ सम्ममा जगेडा कोषमा ३ करोड ५५ लाख ८२ हजार ९ सय ६५ रुपैयाँ ७२ पैसा र अन्य कोषमा १ करोड २६ लाख ७४ हजार ८ सय १७ रुपैया ९० पैसा रहेको छ। यस मध्ये संरक्षित पुँजी फिर्ता कोषबाट २३,३५,१०१/१९ र शेयर लाभांश कोषबाट ४१,७५,१६०/९३ रकम साधारणसभा पछि सदस्यहरुलाई वितरण गरिने छ।
बचततर्फ : २०७९/ ०८० मा सबै किसिमको बचत ४८ करोड ९३ लाख ८५ हजार ३ सय ८८ रुपया ०२ पैसा रहेको छ। आर्थिक वर्ष २०८०/०८१ मा बचत बृद्धि भई ५४ करोड ६० लाख २७ हजार ५० रुपैया ६८ पैसा रहेको संस्थाको प्रतिवेदन उल्लेख गर्दै अध्यक्ष बस्नेतले बताउनुभयो।
पत्रकार साथै उत्कृष्ठ कर्मचारी र सदस्य सम्मानित
टिम टेलिभिजनका पत्रकार मनिल महतो लाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । यस्तै संस्थाले उत्कृष्ट कर्मचारी,सदस्यहरुलाई प्रोत्साहनका लागि विभिन्न विषयगत पुरस्कारहरु स्थापना गरी हरेक वर्ष सम्मानित गर्दै आएको र यस वर्ष पनि उत्कृष्ट कर्मचारी, नियमित बचतकर्ता, असल ऋणि,एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो। 

















