मकवानपुरको मनहरी क्षेत्रमा पुनः बाघ देखा पर्यो

Image

हेटौंडा/ मकवानपुरको मनहरी क्षेत्रमा पुनः बाघ देखा परेको छ । गत पुस १४ गते बाघको आक्रमणबाट एक जनाको महिलाको ज्यान गएपछि त्रसित बनेका मनहरीका स्थानीय  आज शनिबार पुनः बाघ देखिएपछि त्रसित बनेका छन्  ।

यो पटक मनहरीको वडा नम्बर १ ज्यामिरे खोला आसपास क्षेत्रमा बाघ देखा परेको मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनालले जानकारी दिनुभयो ।

गत पुस १४ गते मनहरी ५ मा बाघको आक्रमणबाट बारीमा घाँस काट्दै गरेकि ७२ बर्षीया कान्छीमाया रुम्बाको ज्यान गएको थियो भने सोही ठाउँका स्थानिय सुर्यबहादुर मोक्तानको खोरको सात वटा बाख्रा मारिदिएको थियो । उक्त बाघलाई दुइदिन पछि चितवन र पर्सा राष्ट्रिय निकुञ्जको टोली आएर डार्ट गरेर नियन्त्रण लिएको थियो ।