बकैया कप फुटबल प्रतियोगिता आजदेखि हुदै

Image

हेटौंडा/  छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता आजदेखि बकैया–३ स्थित बकैया रंगशालामा सुरु हुँदैछ। उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले गर्नेछन्।

प्रतियोगिता नकआउट चरणमा खेलाइने छ, जसमा सिनियर र जुनियर दुवै तर्फका टिमले प्रतिस्पर्धा गर्ने बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङ्गले जानकारी दिनुभयो।

सिनियरतर्फ उद्घाटन खेल वडा नम्बर ३ र ७ बीच दिउँसो १ बजे हुनेछ। प्रतियोगिताको अन्य खेलहरू:

• पुस २५: वडा नम्बर ४ vs १०, र वडा नम्बर ६ vs ८।
• पुस २७: वडा नम्बर ५ vs ९।
• जुनियरतर्फ: पुस २६ मा वडा नम्बर ११ vs १२, र पुस २७ मा वडा नम्बर १ vs २।
विजेता टिमहरूलाई पुरस्कार:
• सिनियर विजेता: १ लाख रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र।
• सिनियर उपविजेता: ५० हजार रुपैयाँ।
• जुनियर विजेता: ५० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्र।
• जुनियर उपविजेता: २५ हजार रुपैयाँ।

प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ। आयोजक समितिले सिनियरतर्फ अन्तिम टिमलाई घटुवा गरी जुनियर विजेता टिमलाई सिनियरतर्फ बढुवा गर्ने विशेष नियम पनि लागू गरेको छ।