काँग्रेसको भातृ संगठन तामाङ संघ मकवानपुरको दोस्रो अधिवेशनको तयारी पुरा

Image

हेटौंडा/ नेपाली काँग्रेसको जातीय भातृ संगठन नेपाल तामाङ संघ मकवानपुरको दोस्रो अधिवेशनको तयारी सम्पन्न भएको छ। अधिवेशन यही पुष २६ गते हेटौंडा–१३ स्थित पदमपोखरी पार्टी प्यालेसमा आयोजना हुने भएको छ।
अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ। हेटौंडा उपमहानगरपालिका नगर समिती सभापति रोशन गोले तामाङका अनुसार, यो अधिवेशनबाट संघको नयाँ कार्यसमिति चयन गरिने छ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि हुनेछन् भने नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँ विशिष्ट अतिथि रहनुहुनेछ। यस्तै, नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामालगायत नेताहरूको पनि उपस्थिति रहनेछ।संघको सभाध्यक्षता संयोजक हरि मुक्तानले गर्ने कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको छ। यसअघि पहिलो अधिवेशनबाट नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य चम्पुरत्न लामा संघको सभापति चयन भएका थिए।