हेटौंडा/ छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार ३ खेल सम्पन्न भएका छन्। बकैया रंगशालामा भएका यी खेलहरूमा वडा नम्बर ३, ४, र ६ ले जित हासिल गरेका छन्।
पहिलो खेलमा वडा नम्बर ३ ले ७ लाई १-० गोलले हराएको थियो, जसमा छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए। म्यान अफ द म्याच आयुष नेगि घोषित भए। दोस्रो खेलमा वडा नम्बर ४ ले १० लाई १-० गोलले हरायो, जहाँ दिपेश माझीले आठौं मिनेटमा निर्णायक गोल गरे। म्यान अफ द म्याच पनि दिपेश माझी घोषित भए।
तेस्रो खेलमा वडा नम्बर ६ ले ८ लाई १-० गोलले हरायो, जसमा समीर बोम्जनले ५५ औं मिनेटमा निर्णायक गोल गरे र म्याचको म्यान अफ द म्याच पनि उनी घोषित भए।
अर्को खेल जुनियरतर्फ वडा ११ र १२ बीच हुनेछ भने सिनियरतर्फ वडा ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल माघ १ गते हुनेछ। सिनियरतर्फको विजेता १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्, जबकि उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। जुनियरतर्फ विजेताले ५० हजार रुपैयाँ र शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

















