हेटौंडा/ मकवानपुरको हेटौंडा-१३ आदामारमा शुक्रबार राति बाघले स्थानीय पुर्ण सिंह लोप्चनको खोरमा बाँधिएको बाख्रा मारेको छ। बाघले बाख्रालाई आधा खाएर छाडेको र स्थानीयले होहल्ला गरेपछि बाघ भागेको बताइएको छ। घटनाको जानकारी पाएपछि प्रहरी चौकी पदमपोखरीबाट टोली घटनास्थल पुगेको थियो।
बाघको खोजतलासका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको छ। यसअघि पनि हेटौंडा-१२ र १३ क्षेत्रमा बाघ देखापर्ने घटना भएको थियो। बाघको आवागमनले स्थानीयमा त्रास फैलिएको छ। सुरक्षा र जनावरको व्यवस्थापनका लागि थप कदम चालिने अपेक्षा गरिएको छ।

















