९ नम्बर वडाको आयोजनामा वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगिता

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को आयोजनामा सुरु भएको तेश्रो संस्करणको स्वर्गीय मोहन श्रेष्ठ स्मृति वडा स्तरिय ८A साइड भेट्रान्स फुटबल प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ ले वडा नं. २ लाई १-० ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। निर्णायक गोल वडा नं. ४ का प्रकाश महर्जनले खेलको दोश्रो हाफमा गरेका थिए, जसले उनलाई “म्यान अफ दि म्याच” को उपाधि दिलायो।

भोलिको खेल तालिका:
पहिलो खेल: आयोजक हेटौंडा ९ बनाम वडा नं. १६ (बिहान ७ बजे)
दोश्रो खेल: वडा नं. ६ बनाम वडा नं. १४ (दिउँसो १ बजे)
तेश्रो खेल: वडा नं. १२ बनाम वडा नं. १५

पुरस्कार विवरण:

विजेता टिम: नगद रु. १,११,१११
उपविजेता टिम: नगद रु. ६५,५५५
तेश्रो र चौथो स्थान: नगद रु. १०,००० (प्रत्येक)
विधागत उत्कृष्ट खेलाडीहरू: विशेष नगद पुरस्कार

उद्घाटन समारोह: प्रतियोगिताको उद्घाटन लामसुरे खेलकुद विकास समितीका संयोजक एवं वडा सदस्य विष्णु राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ लगायत वडा अध्यक्षहरूको विशेष उपस्थिति रहेको थियो।

उद्देश्य: यो प्रतियोगिता स्थानीय युवाहरूलाई खेलकुदप्रति प्रेरित गर्न, स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्न, र सामुदायिक एकता बलियो बनाउन आयोजना गरिएको हो।