उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष पदमा प्रमोद सिं रानाभाट सहित कार्यसमितिले सपथ ग्रहण

Image

हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष प्रमोद सिं रानाभाटसहित नयाँ कार्यसमितिले सोमबार सपथ ग्रहण गरेका छन्। निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले कार्यसमितिलाई सपथ ग्रहण गराएका हुन्।

नयाँ कार्यसमिति रानाभाटको नेतृत्वमा आगामी कार्यकालका लागि चयन गरिएको छ।
निर्वाचित पदाधिकारीहरू:

अध्यक्ष:प्रमोद सिं रानाभाट

उपाध्यक्षहरू:

दीपक उप्रेती
उज्वल चौलागाईं
राजु अधिकारी
काव्यमणि अधिकारी

महासचिव: प्रतिमा श्रेष्ठ
कोषाध्यक्ष: तेजराज अधिकारी
सह-कोषाध्यक्ष: निलम वैद्य
सचिवहरू:

उद्योगतर्फ: रुपकराज दहाल
एशोसियटतर्फ: माधव ज्ञवाली
वाणिज्यतर्फ: कुलप्रसाद चौलागाईं
वस्तुगततर्फ: राजाराम कार्की / नेत्रप्रसाद खतिवडा
यस समितिले संघको आगामी चारवर्षे कार्यकालका लागि नेतृत्व गर्नेछ।