बिद्यार्थीहरु बिच अभिमुखीकरण कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ मकवानपुरको हेटौंडामा एसईई (माध्यमिक शिक्षा परीक्षा) तयारीका लागि विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्याब्सन नगर समिति हेटौंडाको आयोजनामा र प्याब्सन जिल्ला कार्यसमिति मकवानपुरको सहकार्यमा सम्पन्न भएको हो।

नगर प्याब्सनका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा  प्रमुख आतिथित्ता रहेको थियो।

प्रमुख मोटिभेटर डा. तारा प्रसाद गिरीले विद्यार्थीहरूलाई समय व्यवस्थापन गर्न, ध्यान केन्द्रित गरेर अध्ययन गर्न, र पाठ्यक्रमलाई प्रभावकारी रूपमा उपयोग गर्न प्रेरित गर्दै उनले अध्ययनमा ध्यान दिन सकेमा एसईई परीक्षा सहज रूपमा उत्तीर्ण गर्न सकिने बताउनुभयो।

कार्यक्रममा १८ वटा निजी विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको थियो। यस्ता कार्यक्रमहरूले विद्यार्थीको बौद्धिक विकास र पठन संस्कारको सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने प्याब्सन नगर उपाध्यक्ष श्याम कुमार बानियाँले बताउनुभयो।