हेटौंडामा थारु समुदायले माघी महोत्सव मनाए

Image

हेटौंडा/ थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा हेटौंडामा बिभिन्न कार्यक्रम गरी माघी महोत्सव मनाइएको छ। थारु कल्याणकारि समाज मकवानपुरको आयोजनामा भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा महोत्सव सम्पन्न भएको हो।

हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटौंडा ४ नम्बर वडाका अध्यक्ष नबिन सिग्देल, १५ नम्बर वडाका अध्यक्ष सुनिल मुक्तान, १० नम्बर वडाका अध्यक्ष फुर्बा दोर्जे लामा, ११ नम्बर वडाकी वडा अध्यक्ष जुना दाहाल , समाजका केन्द्रीय सदस्य जानकी चौधरी , आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।

थारु कल्याणकारी समाजले हेटौंडामा र्याली समेत प्रदर्शन गरेको थियो। र्यालीमा थारु समुदायका पुरुष तथा महिलाहरू परम्परागत मौलिक पोशाकमा सजिएर सहभागी भएका थिए।
महोत्सवमा थारु समुदायको मौलिक नृत्य, गायन कला, र थारु परिकारका स्टलहरू प्रस्तुत गरिएको थियो। साथै, महोत्सवको अवसरमा विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान पनि गरिएको थियो।
यस प्रकारका कार्यक्रमहरूले थारु समुदायको पहिचानलाई अझ व्यापक बनाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने अपेक्षा गरिएको छ।