हेटौंडा/ छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेल मंगलबार सिनियर र जुनियर दुवै विधामा खेलाइएको थियो।
सिनियरतर्फको नतिजा
विजेता: वडा नम्बर ३
फाइनलमा वडा नम्बर ९ लाई ५-० ले हराउँदै उपाधि जित्यो।
आयुष नेगीले ह्याट्रिक गरे।
अन्जन गोले र सुजन गुरुङले १-१ गोल गरे।
सर्वोत्कृष्ट खेलाडी: सुजन गुरुङ (वडा नम्बर ३)
अन्य पुरस्कारहरू:
उत्कृष्ट गोलरक्षक: सरोज भुलन (वडा ३)
उत्कृष्ट डिफेन्डर: अन्जन गोले (वडा ३)
सर्वाधिक गोलकर्ता: आयुष नेगी (वडा ३)
उत्कृष्ट प्रशिक्षक: विश्वराज लामिछाने (वडा ३)
उदयमान खेलाडी: करण राना मगर (वडा ५)
उत्कृष्ट मिडफिल्डर: विशाल भोलन (वडा ९)
उत्कृष्ट स्ट्राइकर: अभिषेक भोलन (वडा ९)
पुरस्कारहरू:

विजेता वडा नम्बर ३ ले १ लाख रुपैयाँ, शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्यो।
उपविजेता वडा नम्बर ९ ले ५० हजार रुपैयाँमा चित्त बुझायो।
जुनियरतर्फको नतिजा
विजेता: वडा नम्बर ११
फाइनलमा वडा नम्बर २ लाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्यो।
सर्वोत्कृष्ट खेलाडी: सुबास लो (वडा नम्बर ११)
अन्य पुरस्कारहरू:
उत्कृष्ट गोलरक्षक: सुजन लो (वडा ११)
उत्कृष्ट डिफेन्डर: चस्मेलाल स्याङतन (वडा २)
उत्कृष्ट मिडफिल्डर: मनोज स्याङतन (वडा २)
उत्कृष्ट फरवार्ड: निखिल घलान (वडा ११)
सर्वाधिक गोलकर्ता: धन बहादुर न्यासुर (वडा ११)
उदयमान खेलाडी: सुबास लुङ्बा (वडा ११)
उत्कृष्ट प्रशिक्षक: दिर्घ बहादुर लामा (वडा ११)
पुरस्कारहरू:
विजेता वडा नम्बर ११ ले ५० हजार रुपैयाँ, शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्यो।
उपविजेता वडा नम्बर २ ले २५ हजार रुपैयाँमा चित्त बुझायो।
विशेष पुरस्कार
पत्रकार दिक्षान्स खड्कालाई ५ हजार रुपैयाँसहित पत्रकार पुरस्कार प्रदान गरियो।
समापन समारोह
समारोहको प्रमुख अतिथि बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो। भने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, र विभिन्न वडाध्यक्ष तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।
यस प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्दै खेलकुदको विकासमा योगदान पुर्याएको छ।

















