हेटौंडा १२ नम्बर वडा लाई बालमैत्री वडा घोषणा

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बालमैत्री वडा घोषणा गरिएको छ। ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित यो वडा निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त, र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।

१२ नम्बर वडाका वडा अध्यक्ष अर्जुन तिवारीको सभाअध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता साथै उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यतामा बालमैत्री वडा घोषणा गरिएको हो।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, संघसंस्थाका प्रतिनिधि, बाल समूहका अध्यक्ष, विद्यार्थी, स्काउट, नेपाल प्रहरीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा, बालमैत्री स्थानीय शासन स्थापना गर्न सहयोग पुर्याउने संस्थाहरू हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर, माइती नेपाल मकवानपुर, र मामाघर नेपाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो।