हेटौंडा / हेटौंडा-४ स्थित भुटनदेवी माध्यमिक विद्यालय कक्षा ९ का विद्यार्थीहरूले मामाघर नेपाललाई आर्थिक सहयोग प्रदान गरेका छन्। बुधबार विद्यालयमा आयोजित एक समारोहमा विद्यार्थीहरूले उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
चितवनको सौराहामा एक दिने शैक्षिक भ्रमण र पिकनिक कार्यक्रमबाट बचत भएको ८,२३० रुपैयाँ नगद विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल र विद्यार्थीहरूले संयुक्त रूपमा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई प्रदान गरेका थिए।
हेटौंडा-११ डाङ्डुङ्गेमा अवस्थित मामाघर नेपालले सडक बालबालिकाको उद्धार, संरक्षण, र पालनपोषण गर्दै आएको छ। करिब एक दशकदेखि सक्रिय यो संस्था बालबालिकाका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको छ।

















