हेटौँडा१६ चिसापानीका १३ वर्षीय अनमोल माघ २ गतेदेखि बेपत्ता

Image

हेटौंडा/ मकवानपुरको हेटौँडा–१६ चिसापानीका १३ वर्षीय अनमोल विश्वकर्मा माघ २ गतेदेखि बेपत्ता हुनु अत्यन्त चिन्ताजनक घटना हो। विद्यालय जान नमान्दा आमा र छोराबीचको सामान्य भनाभनपछि उनी बेपत्ता भएका हुन् । त्यसपछि उनि विद्यालय जान्छु भनी घरबाट निस्किए पनि विद्यालय नगएको पुष्टि भएपछि, परिवारजनको चिन्ता थपिएको छ।

आफन्त, छिमेक र वरपरका क्षेत्रमा खोजी गर्दा पनि कुनै सुराक नपाएपछि परिवारले प्रहरीमा निवेदन दिएका छन्। अहिले सम्म कुनैपनि अत्तोपत्तो नलागेको र उनको खोजि भई रहेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो।

यस्तो अवस्थामा,कसैले उनलाई देखेमा वा कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने वा परिवारलाई जानकारी गराउन विशेष आग्रह गरिएको छ। यस घटनामा छिटो समाधान होस् भन्ने कामना गरौँ।