हेटौंडा ४ नम्बर वडामा आयोजित खेलकुद महोत्सवको पहिलो दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा आयोजित दोस्रो वडा खेलकुद महोत्सव-२०८१ को अवसरमा  आज पहिलो दिन वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिताले स्थानीय विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक भावना र ज्ञानवर्धनको वातावरण सिर्जना गरेको शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा ४ का अध्यक्ष श्रिराम दाहालले बताउनुभयो।

प्रतियोगितामा विभिन्न विद्यालयका बिध्यार्थी टोलीहरू सहभागी रहेका थिए। हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ब्रह्मदिक एकेडेमीले प्रथम स्थान हासिल गरेको छ भने नवोदय शिशु सदनले दोस्रो स्थान हासिल गरेको छ। यस्तै आधुनिक राष्ट्रिय माविले तेस्रो स्थान हासिल गरेको छ।

नतिजा:

प्रथम: ब्रहम्‌दिक एकेडेमी
आभाष घिमिरे
दिव्यान्स शाही
कृष्मा लोडारी
द्वितीय: नवोदय शिशु सदन
आर्शिया बर्तौला
बिदान पकुवाल
पर्जन्य कुशवाहा
तृतीय: आधुनिक राष्ट्रिय मावि
आभाष कटुवाल
निरँजन कुमार यादव
सुमन यादव
सहभागी विद्यालयहरू:

भुटनदेवी मावि
आधुनिक राष्ट्रिय मावि
श्रमिक मावि
नवोदय मावि
ब्रहम्‌दिक मावि
सत्यम जेभियर्स मावि
कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक विकास र नयाँ ज्ञानको आदानप्रदान गर्ने अवसर प्रदान गरेको दाहालले बताउनुभयो।