हेटौंडा / भलिबल खेल राष्ट्रिय खेल भएकोले यसको संरक्षण र प्रवर्द्धन गर्न आवस्यक रहेको हेटौंडा उपमहानगर पालिका १२ नम्बर वडाका वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले बताएका छन् । प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१ को आयोजकको तर्फबाट हेटौंडा १२ को वडा कार्यालयमा बिहीबार राखिएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले यस्तोकुरा बताएका हुन् ।
पत्रकार भेटघाटका प्रमुख अतिथि समेत रहेका अध्यक्ष तिवारीले भलिबलको संरक्षणमा आफुलागिपर्ने बताए । खेलकुद र खेलाडीको सम्मान हेटौंडा – १२ को पहिचान भन्ने नारालाई आत्मसात गर्दै भलिबलको संरक्षण र खेलाडी उत्पादन को लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तानले बताए । भलिबल राष्ट्रिय खेल हो । यश खेललाई सानो ठाउँ भए पुग्छ र जोखिम कमहुने भएकोले सजिलै खेलाडी उत्पादन गर्न सकिने हुन्छ । हाम्रो भूगोल सुहाउँदो खेल भएकोले तीन तहको सरकारले अरु खेललाई जस्तै यसलाई पनि बजेटको ब्यवस्था गरेर प्रवर्द्धनमा लाग्न सके असल हुनेथियो हेटौंडा १२ नम्बर वडाका खेलकुद विकास समिति संयोजक दिनेश चौलागाईंको भनाइ छ ।
यहि माघ १६ गतेदेखि १९ गतेसम्म सम्म हेटौंडा १२ हात्तीगौडा स्थित बुद्ध मा . बि . को चौरमा हुने भलिबल प्रतियोगितामा हेटौंडाका १९ वटै वडाबाट खेलाडीहरुले भाग लिन सक्ने जनाइएको छ । खेलमा प्रथम हुने टीमलाइ ५० हजार , ध्दितियलाइ ३० हजार रुपैयाँ र मेडल , ट्रफीद्वारा पुरस्कृत गरिने छ भने उत्कृष्ट बिधाहरुलाइ नगद र ट्रफी प्रद्धान गरिने आयोजकले जनाएको छ ।
आयोजक वडाको तर्फबाट १ लाख २५ हजार रुपैयाँ , प्रथम पुरस्कारको मुख्य प्रायोजक तुलसी मेहर मेमोरियल आवासीय मा. बि. / नारायणी कलेज ले ब्यहोर्ने जनाइएको छ भने अपुग रकम आयोजक टिमले आ- आफ्नै तर्फबाट फन्डरेज गरेर प्रतियोगिता गर्ने र प्रतियोगिता सम्पन्न गर्ने भनिएको छ ।प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा वडासदस्य महेश भट्टराई , वडा सचिव रामलाल थिङ्ग लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

















