माघ २२ देखि २५ गतेसम्म मकवानपुरगढी गाउँपालिकमा एचपिभी खोप संन्चालन हुदै

Image

हेटौंडा/ मकवानपुरगढी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप कार्यक्रम सञ्चालन हुँदैछ। माघ २२ देखि २५ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत १,०७३ जना किशोरीलाई खोप लगाइनेछ।

खोप अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले विभिन्न सरोकारवालाहरूसँग अभिमुखीकरण र बहस कार्यक्रम सञ्चालन गरेको छ। दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, स्वास्थ्य चौकी इन्चार्ज, युवा क्लब, आमा समूह, विद्यालयका प्रधानाध्यापक, र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

मुख्य तथ्यहरू:
• लक्षित समूह: कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १०-१४ वर्ष उमेर समूहका किशोरी।
• खोप सेवा केन्द्रहरू: १७ विद्यालय र ८ स्वास्थ्य चौकी।
• स्वयंसेवकहरू: विद्यालय नर्स, शिक्षिका, र ४० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू।
• अभियानको प्रभावकारिता: खोप ९८-१०० प्रतिशत प्रभावकारी।
गाउँपालिकामा हालसम्म ४ जनाको मृत्यु र १५ जनामा पाठेघरको मुखको क्यान्सरको समस्या देखिएको छ भने यो कार्यक्रमले पालिकालाई “पूर्ण खोप सुनिश्चितता” घोषणा गर्ने योजनालाई पनि बल पुर्‍याउने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनुभयो।