हेटौंडा/ महिलाको स्वास्थ्य सुरक्षाको लागि यो अभियान अत्यन्तै महत्वपूर्ण छ। मनहरी गाउँपालिकामा माघ २२ गतेदेखि २५ गतेसम्म १० देखि १४ वर्षका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोक्नका लागि एचपिभी खोप उपलब्ध गराइने जानकारी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो।
यस अभियानमा २० विद्यालय र १० स्वास्थ्य केन्द्रमार्फत ३२ स्वास्थ्यकर्मी र ६४ स्वयंसेवक परिचालित हुने अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको भनाइ अनुसार खोप पूर्णतः सुरक्षित छ र एकपटक लगाएपछि दीर्घकालसम्म सुरक्षा दिनेछ।

अभिभावकहरूसँग अनुरोध:
आफ्ना १०-१४ वर्षका छोरीहरूलाई समयमा नै खोप लगाउनका लागि अभियानस्थलमा पठाउनु हुन अनुरोध गर्दै यो खोपले भविष्यमा हुनसक्ने जटिल स्वास्थ्य समस्याहरूबाट बचाउन सहयोग गर्ने उहाले बताउनुभयो।

















