२२,७१३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाईने: जनस्वास्थ्य कार्यालय मकवानपुर

Image

हेटौंडा/ मकवानपुर जिल्लामा २२,७१३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) अभियान सञ्चालन गर्न लागिएको छ । माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने यो अभियानको शुभारम्भ चण्डिका माध्यमिक विद्यालयबाट गरिने भएको छ।

खोप अभियानका मुख्य तथ्यहरू:
• लक्षित समूह: कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १०-१४ वर्ष उमेर समूहका किशोरीहरू।
• खोप केन्द्र:
• विद्यालय लक्षित: २४०
• अन्य: ११०
• जम्मा: ३५०
• खोप सत्र: ३६७
• खोप लगाइने छात्रा:
• विद्यालय जाने: २२,०५९
• विद्यालय नजाने: ६५४
• सहभागी जनशक्ति: ३६७ तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ स्वयंसेवक।
• लक्ष्य: ९०% किशोरीहरूलाई खोप पुर्‍याउने।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार यो अभियान प्रभावकारी बनाउन सबै स्थानीय तहहरूसँग समन्वय गरिएको छ। कार्यक्रमका लागि स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई तालिम दिइएको छ।
यस खोप अभियानले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित राख्ने उद्देश्य राखेको  मिजारले बताउनुभयो।