लागु पदार्थ सेवन गरी सवारी साधन चलाउँने २ जना चालक नियन्त्रणमा ।

Image

हेटौंडा/ मिति २०८१।१०।१७ गते  जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकिङमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर भिमफेदी गाँउपालिका वडा नं. १ बाघझोरा स्थित त्रिभुवन सडक खण्डमा सवारी साधनहरु रोकी चालक हरुको स्वास्थ्य ला. प.से चेकजाँच गर्दा दुईजना चालकलाई  ला.औ. सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ना १ ज ५४४६ नं.को सुमो चालक जिल्ला काठमाण्डौ दक्षिणकाली न.पा.वडा नं. ७ बस्ने बर्ष ३५ को सन्तोष संजेल र जिल्ला ललितपुर गोदावरी न.पा.वडा नं. ४ बस्ने बर्ष ३६ को सुविन पहरीलाई शंका लागी ड्रग्स टेष्ट किटबाट स्वास्थ्य परिक्षण गर्दा ला.औ.सेवन गरेको ( THC Positive ) पाईएको हो।

लागुऔषध सेवन गर्ने चालकलाई नियन्त्रणमा लिई ला.औ.मुद्धा कसुरमा  मकवानपुर जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद थप गरी अनुसन्धान  भईरहेको प्रहरीले जनाएको छ।