मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका-१६, हटियाका १३ वर्षीय अनमोल सेञ्चुरी हराएको भन्दै उनका पिता अर्जुन विश्वकर्माले प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
अनुसन्धानको क्रममा बालक भारतको रघुनाथपुरमा रहेको पुष्टि भएपछि, भारतीय प्रहरीको समन्वयमा नेपाल ल्याई उनलाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको नायव उपरिक्षक श्यामु अरियालले बताउनुभयो ।

















