हेटौंडा १५ लाई २२ गते बालमैत्री वडा घोषणा गरिदै

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भोलि २२ गते गर्ने तयारी गरेको  छ।

वडाले नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका चार प्रमुख पक्ष (बाल बचाऊ, बाल संरक्षण, बाल विकास, र बाल सहभागिता) सम्बोधन गर्दै ५१ वटा सूचकहरू पूरा गरेको वडा अध्यक्ष सुनिल मुक्तानले बताउनुभयो।

यस घोषणाका लागि विद्यालय, टोल, र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको र वडाले बालश्रममुक्त, बालविवाहमुक्त र बालमैत्री बन्ने लक्ष्य राख्दै पञ्चवर्षीय रणनीतिक योजना समेत तयार गरेको उहाले बताउनुभयो।

भोलि मंगलबार नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा यो घोषणा गरिनेछ, जसलाई सफल बनाउन सबै सरोकारवाला पक्षलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।