मनहरीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम  हुने

Image

हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– २ ठाडोखोलामा मन्जुश्री संवत् २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुन लागेको छ।

कार्यक्रम विवरण:
मिति: फागुन २ गते
स्थान: त्रिरत्न प्राविको प्राङ्गण, मनहरी–२
अनुमानित दर्शक: ५ हजार
अनुमानित खर्च: ५ लाख
विशेषता:
• शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम
• तामाङ संस्कृति, मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुति
• चर्चित कलाकारहरूको प्रस्तुति (विश्व दोङ, जितु लोप्चन, धिरेन लामा आदि)

आयोजक:
खेलकुद विकास समिति, मनहरी–२
विशेष सहयोग: मनहरी गाउँपालिका

पत्रकार सम्मेलनमा सहभागी:
• मनहरी २ का अध्यक्ष राजकुमार पाख्रीन
• खेलकुद विकास समिति मनहरीका सदस्य तथा माओवादी केन्द्र मनहरी २ का इन्चार्ज चन्द्र बहादुर स्याङ्तान
विभिन्न पत्रकार संघका प्रतिनिधिहरू
यो कार्यक्रम तामाङ समुदायको संस्कृतिलाई जर्गेना गर्दै आपसी भाइचारा बढाउने उद्देश्यले आयोजना गरिएको हो।