हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले फागुन १ गते बालमैत्री नगर घोषणा गर्ने अभियानअन्तर्गत हेटौंडा-१५ लाई आज (मंगलबार)१८औं बालमैत्री वडा घोषणा गरेको छ।
वडाध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा भएको घोषणा कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता , उपप्रमुख राजेश बानियाँको विशिष्ट आथित्यतामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ लाई बालमैत्री वडा घोषणा गरिएको हो। कार्यक्रममा १९ वटै वडाका वडाअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकाका सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्यअनुसार अब अन्तिम वडा १४ नम्बरलाई फागुन २५ गते बालमैत्री वडा घोषणा गरिनेछ । यससँगै हेटौंडा उपमहानगरपालिका फागुन १ गते बालमैत्री नगरको रूपमा औपचारिक रूपमा घोषणा गरिनेछ।

















