कैलाश गाउँपालिकामा तेस्रो अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिता हुने

Image

हेटौंडा/ मकवानपुर कैलाश गाउँपालिकाको आयोजनामा हुन लागेको तेस्रो अध्यक्ष कप नक आउट रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ चैत ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेभएको छ। भने प्रतियोगिता फिफाको नियम अनुसार खेलाइने संयोजक मोहन वाईवाले जानकारी दिनुभयो।

यस प्रतियोगितामा:
• विजेता टिमलाई:रु १,००,०००, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
• दोस्रो स्थान प्राप्त गर्ने टिमलाई: रु ६०,००० ,मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक पालिका भित्र रहेका टिमहरूले फागुन ९ गतेभित्र वडाको सिफारिस पत्रसहित गाउँपालिकाको शिक्षा शाखामा टिम दर्ता गराउन आग्रह गर्दै खेल तालिका फागुन ११ गते सार्वजनिक गरिने कैलाश गाउँपालिका खेलकुद बिकास समितीले जनाएको छ

यो प्रतियोगिताले मकवानपुर कैलाश गाउँपालिका क्षेत्रका खेलाडीहरूको प्रतिभा विकास तथा स्थानीय खेलकुद प्रवर्द्धनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष लोक मुक्तानले बताउनुभयो।