हेटौंडा बजार क्षेत्रको फोहोर नउठदा स्वास्थ्य समस्याको जोखिम

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले माघ २४ गतेदेखि फोहोर संकलन कार्य रोकिएको छ। उच्च अदालत पाटन, हेटौंडा इजलासले माघ २२ गते राप्ती नदी किनारमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उपमहानगरपालिकाले फोहोर संकलन स्थगित गरेको हो।

उपमहानगरपालिकाले अर्को आदेश वा व्यवस्था नभएसम्म फोहोर संकलन स्थगित गरिएको जानकारी दिएको थियो तर हालसम्म वैकल्पिक डम्पिङ साइटको व्यवस्था नभएकाले फोहोर संकलन रोकिएको हो। यसले गर्दा नगर क्षेत्रमा फोहोर थुप्रिँदै गएको छ, जसले वातावरणीय प्रदूषण र स्वास्थ्य समस्याको जोखिम बढाएको छ।

अदालतले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। यसपछि फोहोर व्यवस्थापनको वैकल्पिक उपायबारे निर्णय हुने अपेक्षा गरिएको छ। तर समयमै फोहोर विसर्जनको दिर्घकालिन विकल्प खोज्न चुकेको हेटौंडा उपमहानगरपालिका यतिबेला चौतर्फि आलोचित छ ।