हेटौंडाको डम्पिङ साइट सम्बन्धी मुद्दा खारेज फोहोर उठाउन सुरु

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकामा थुप्रिएको फोहोर व्यवस्थापनको अवरोध हटेसँगै पुनः फोहोर संकलन सुरु भएको छ। उच्च अदालत पाटन हेटौंडा इजलासले दायर गरिएको रिट निवेदन खारेज गरेपछि नगर क्षेत्रमा थुप्रिएको फोहोर उठ्न थालेको हो।

मंगलबार न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गर्ने फैसला सुनाएको थियो। अघिल्लो हप्ता योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै डम्पिङ साइटमा फोहोर नफाल्न भनेको थियो।

सो आदेशपछि उपमहानगरपालिकाले फोहोर संकलन स्थगित गरेको थियो, जसका कारण बजार क्षेत्रसहित विभिन्न स्थानमा फोहोर थुप्रिएको थियो।