हेटौंडा काठमाडौं जाने कुलेखानी-फाखेल-हुमाने सडक अनिश्चितकालीन बन्द

Image

हेटौंडा / हेटौंडा हुँदै काठमाडौँ जाने फाखेल-हुमाने सडक आजदेखि स्तरोन्नतिको लागि बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय नायवउपरीक्षक श्यामु अरियालका अनुसार अर्को सूचना जारी नभएसम्म सडक बन्द  रहने जानकारी दिनुभयो ।

यात्रुहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाव दिइएको छ, जसमा कुलेखानी-सिस्नेरी मार्ग, कान्तिलोकपथ, त्रिभुवन राजपथ, र पूर्व-पश्चिम राजमार्ग विकल्पका रूपमा छन्।