डाङ्डुङ्गे सामुदायिक वन अध्यक्षमा पुनः पुडासैनी

Image

हेटौंडा / डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहको निर्वाचनमा पुनः शालिकराम पुडासैनी निर्वाचित भएका छन् । घर चुनाव चिन्ह लिएर चुनावमा भाग लिएका पुडासैनीले १९८ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी ( घडी चुनाव चिन्ह ) बोजबहादुर पण्डितले १२५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा ( आँप चुनाव चिन्ह ) शिव अगस्ती पनि १३० मत प्राप्त गरि पुनः दोहोरीएका छन् भने उपाध्यक्ष पदका प्रतिद्वन्दी ( किताब चुनाव चिन्ह ) देवकृष्ण थोकर ले ८२ , ( हात्ती चुनाव चिन्ह ) लक्ष्मण बानियाँले ६९ , ( फूटबल चुनाव चिन्ह ) नारायण आर्यालले १८ मत प्राप्त गरेका थिए । यस्तै सचीव पदमा साइकल चुनाव चिन्ह लिएर उठेका कल्पनाकुमारी मगरले १०९ मत प्राप्त गरि निर्वाचित भएकी छिन भने प्रतिस्प्रधी ( दियो ) शुभद्राकुमारी रिमालले १०५ ( गुलाफको फूल ) निर्मला बर्तौलाले ८३ मत प्राप्त गरेका थिए ।

यसैगरी सहसचिव पदमा शेखरराज मैनाली निर्बिरोध निर्वाचित बएका छन् । यस्तै कोषाध्यक्ष पदमा जग चुनाव चिन्ह भएकी निर्मला पुडासैनीले १९५ मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने प्रतिद्वन्दी कैचिकी जानकी पोखरेलले ८२ मत प्राप्त गरेकी छिन् । यस्तै खुला सद्स्यहरुमा सिसाकलमका हरिशरण लामिछाने(१३५ ) , चक्लेटका शुसान्त आले (११३) , कारका रामेश्वर नगरकोटि (१११) मत प्राप्तगरि निर्वाचित भएका छन् । यस्तै खुला महिला सदस्यमा सीता न्यौपाने , माधुरी राना थापा , जनजाति महिला सदस्यमा सुनिता थापा र खस आर्य महिला सदस्यमा कामना कार्की निर्बिरोध चयन भएका छन् ।

खुला सदस्यका प्रतिस्प्रधीहरु युगमाया रेग्मीले १०७ , पवन पण्डितले १०५ , चन्द्रशेखर गजुरेलले ९८ , रामप्रसाद अर्यालले ७९ , गणेश पण्डित ले ६४ , हरिनाथ सापकोटाले ५० मत प्राप्त गरेका थिए । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित डाङ्डुङ्गेमा रहेको आनन्द भैरव आधारभुत बिध्यालयमा शनिबार सामुदायिक वनको निर्वाचन भएको हो । ४६६ मतदाता रहेको सामुदायिक वनको निर्वाचनमा ३४० मत खसेको थियो । १९६ हेक्टर मा फैलिएको जङ्गल लाई १० प्लटमा भाग लगाइएको अध्यक्ष पुडासैनीले जानकारी दिए ।