हेटौंडामा भोलिदेखि राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, पहिलो दिन निःशुल्क प्रवेश

Image

हेटौंडा / निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा भोलि फागुन ६ गतेदेखि हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरू हुँदैछ। १८ गतेसम्म टिसीएन चौरमा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बालगोपाल कंडेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।

महोत्सवको पहिलो दिन फागुन ६ गतेका लागि निःशुल्क टिकट व्यवस्था गरिएको कंडेलले जानकारी दिनुभयो।  उद्घाटन समारोहमा नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको विशेष उपस्थितमा   महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष कंडेलले बताउनुभयो।

यो महोत्सवले निर्माण क्षेत्रका व्यवसायी, उपभोक्ता तथा सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने लक्ष्य लिएको छ। साथै, आधुनिक निर्माण सामग्री तथा प्रविधिको प्रदर्शनी, विक्री, र विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत महोत्सवका प्रमुख आकर्षण रहेको कंडेलले बताउनुभयो।