स्मारक व्यवस्थापक प्रमुखद्वारा शहिदहरुको सम्झना गर्दै माल्यार्पण

हेटौंडा/ प्रजातन्त्र दिवस २०८१ को अवसरमा हेटौंडास्थित सहिद स्मारक परिसरमा आयोजित कार्यक्रममा स्मारक व्यवस्थापक प्रमुख रामचन्द्र न्यौपानेले प्रजातान्त्रिक पार्कमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

सो अवसरमा प्रजातान्त्रिक आन्दोलनका अगुवा पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मनमोहन अधिकारी र गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गरी सम्मान व्यक्त गरिएको थियो।

यस ऐतिहासिक अवसरमा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रजातन्त्रप्रति सम्मान व्यक्त गर्दै सहभागीहरूले सहिदहरूको बलिदानलाई स्मरण गरेका थिए।