हेटौंडा / सुनुवार सेवा समाज मकवानपुरको प्रथम जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। बुधबार हेटौंडामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा श्यामकुमार सिकारी सुनुवार, रवी सिकारी सुनुवार, लक्ष्मी सिकारी सुनुवार, सीता सुनुवार, प्रेमबहादुर सिकारी सुनुवार, र नीता सिकारी सुनुवार रहेका छन्। सम्मेलनले उर्मिला सिकारी सुनुवार र ईश्वरी बहादुर सिकारी सुनुवारलाई प्रदेश तथा संघ प्रतिनिधि चयन गरिएको छ।
नव-निर्वाचित कार्यसमिति सदस्यहरूलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ ग्रहण गराएका थिए। साथै, संघीय अध्यक्ष अमृतबहादुर सुनुवार, जिल्ला निर्वाचन समितिका संयोजक गोपालबहादुर सुनुवारलगायतले प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि संघीय अध्यक्ष अमृतबहादुर सुनुवार रहेका थिए भने सभाध्यक्षता अर्जुनबहादुर सिकारी सुनुवारले गरेका थिए। कार्यक्रममा संघीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख शिव सुनुवार, संघीय महासचिव एवं अनुशासन विभाग प्रमुख उत्तमकुमार सुनुवार, संघीय सचिव रमेश कुमार सुनुवार, सल्लाहकार संयोजक ज्ञानचन्द्र सिकारी सुनुवार, काठमाडौं जिल्ला अध्यक्ष गोपालबहादुर सुनुवारलगायतले मन्तव्य व्यक्त गरेका थिए।

















