हेटौँडा/ ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका–४ नं वडा कार्यालयद्वारा आयोजित दोस्रो खेलकुद महोत्सव २०८१ को पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम बुधवार हेटौँडामा सम्पन्न भएको छ।
४ नं वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौँडाको व्यवस्थापनमा माघ ९ गतेदेखि सुरु भई फागुन ५ गतेसम्म सञ्चालन भएको महोत्सवमा विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका थिए। समापन समारोहमा प्रतियोगिताका विजेता र उपविजेतालाई सम्मानित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल तथा ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, ११ नं. वडा अध्यक्ष जुना दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडाका अध्यक्ष श्रीराम दाहाललगायतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नु भएकोथियो
प्रतियोगिताको नतिजा नगरस्तरीय खेलकुद प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेता बन्न सफल भयो। एथ्लेटिक्सतर्फ सोही विद्यालयले प्रथम, दोस्रो र तेस्रो स्थानमा समान ८ अंक हासिल गर्दै अग्रस्थान ओगट्यो। प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल र बास्केटबल खेल सञ्चालन गरिएको थियो।
पत्रकार सम्मान खेलकुद महोत्सवका गतिविधिहरूलाई प्रचार–प्रसारमा योगदान पुर्याएको भन्दै पत्रकार अनिल पराजुली र रोहित थापालाई सम्मान गरिएको छ।
उल्लेखनीय सहभागिता नगरका १९ वडामध्ये वडा नं. ४ ले विद्यालय तहको शिक्षा सुधार तथा विद्यार्थीका लागि खेलकुद तथा रचनात्मक क्रियाकलाप प्रवर्द्धन गर्दै आएको ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले बताउनुभयो। कार्यक्रममा हेटौँडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान, हेटौँडा उपमहानगरपालिका प्रतिनिधि भीम तिमल्सिना, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख यम सिलवाल, हेटौँडा क्याम्पस कोषाध्यक्ष नमुना पाण्डे लगायतकाको उल्लेखनीय उपस्थिति रहेको थियो।

















