माझी समुदायको लदी पर्वका अवसरमा फागुन २० गते सार्वजनिक बिदा दिने

Image

हेटौंडा/ बागमती प्रदेश सरकारले माझी समुदायको लदी पर्वका अवसरमा फागुन २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मकवानपुर, चितवन, सिन्धुली, दोलखा, र धादिङ जिल्लाका माझी समुदायका लागि मात्र बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, लदी पर्व प्रत्येक वर्ष फागुन २० गते मनाइने भएकाले सो दिन माझी समुदायलाई बिदा दिइनेछ। बागमती प्रदेशका यी पाँच जिल्लामा माझी समुदायको उल्लेख्य उपस्थिति रहेको छ।