हेटौंडा / हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न स्वर्गीय अनुपम घलान स्मृति यू-१६ फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ले उपाधि हात पारेको छ।
ट्राइब्रेकरमा ६-५ गोल अन्तरले हेटौंडा-१८ लाई पराजित गर्दै हेटौंडा-१५ विजयी भएको हो।
प्रतियोगितामा १० टिमको सहभागि रहेकाे थिए भने स्थानीय स्तरमा युवा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गरिरहेको देखाउँछ। विजेता टिमलाई रु. १ लाख नगद, शिल्ड, र प्रमाणपत्र प्राप्त प्रदान गरिएको छ भने उपविजेता टिमलाई रु. ७० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ।
समितिका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। स्थानीय स्तरमा यस्ता प्रतियोगिताहरूको आयोजनाले युवा खेलाडीहरूको उत्साह बढाउने मात्र होइन, उनीहरूलाई भविष्यमा अझ ठूला प्रतियोगितामा सहभागी हुन सक्षम बनाउने सम्भावना पनि बढाउँछ।

















