हेटौंडा १५ ले खेलाडीहरुलाई बिशेस सम्मान

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित Under-16 फुटबल प्रतियोगिता मा वडा नं. १५ का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। विजयी खेलाडीहरू, प्रशिक्षक तथा अभिभावकलाई  हेटौंडा १५ ले विशेष सम्मान गरिएको छ।

सम्मान कार्यक्रम वडा नं. १५ का वडा अध्यक्ष सुनिल मुक्तान को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी मुक्तानले खेलकुद लगायत वडामा रहेका हरेक किसिमका समस्यालाई ध्यानमा राखेर यस वडालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन  हेटौंडा १५ मा रंगशाला निमार्णको काम अधि बढेको र  त्यसलाई सफल बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगी, पातली माया गोम्जा, वडा सदस्य मिनु विश्वकर्मा, वडा सदस्य सिमा बहादुर, वडा सचिव कृष्ण बहादुर क्षेत्री, खेलकुद विकास समिति सदस्य सन्तोष कुमार भोम्जन, टिम कोच उज्जल वाइबा लगायतको उपस्थिति रहेको थियो। विजयी खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।
यस सफलताले वडा नं. १५ को खेलकुद क्षेत्रको उज्ज्वल भविष्यप्रति आशा बढाएको छ।