हेटौंडामा एकाबिहानै भुकम्पको धक्का

Image

हेटौंडा/ सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहान २ः५१ मा भूकम्पको धक्का हेटौंडामा पनि महसुस गरिएको थियो ।
भूकम्पको धक्का देशका विभिन्न जिल्लामा महसुस गरिएको जानकारी आएको छ भने के कति क्षति भयो जानकारी आउन बाँकी रहेको छ।