हेटौंडा / बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले सम्पन्न रहेको उल्लेख गर्दै ग्याल्पो ल्होसारजस्ता चाडपर्वहरू राष्ट्रिय संस्कृतिको अभिन्न अंग भएको बताउनुभयो।
शेर्पा समुदायको नयाँ वर्ष (बाघ वर्ष) प्रारम्भ भएको अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले चाडपर्वले आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रदेश प्रमुख देवकोटाले ग्याल्पो ल्होसार पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्र थप सुदृढ बनाउन सहयोग पुगोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

















