हेटौंडा/ सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले भूकम्पबाट भएको क्षतिबारे विज्ञप्ति जारी गर्दै मानवीय क्षति नभएको जानकारी दिएको छ। भौतिक क्षति सामान्य रहेको जनाइएको छ।
प्राप्त विवरणअनुसार, भूकम्पको झट्काले आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक कैदी बन्दी घाइते भएका थिए, तर उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्। इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ भने भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढी क्षेत्रमा सुख्खा पहिरो गएको छ।
हाल जिल्लाको जनजीवन सामान्य भए पनि भूकम्पपछि सम्भावित जोखिम जस्तै सुख्खा पहिरो तथा सडकमा ढुङ्गा खस्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

















