हेटौँडामा नाटक प्रतियोगिता: समाज सुधारको अभियान

Image

हेटौंडा/  समाजमा रहेका विकृति, अन्धविश्वास तथा लागूऔषध दुव्र्यसनजस्ता समस्यालाई नाटक मार्फत उजागर गर्दै चेतना फैलाउने उद्देश्यले हेटौँडामा नाटक प्रतियोगिता आयोजना गर्ने भएको छ। हेटौँडा उपमहानगरपालिका–४  नम्बर वडा को आयोजनामा फागुन १८ देखि २३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा ६ सामुदायिक, ५ निजी विद्यालय र २ बालसंस्थाका टोलीहरू सहभागी हुने ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले बताउनुभयो।

विद्यालय तहबाटै नाट्यकला प्रवद्र्धन गर्दै सामाजिक रूपान्तरणको सन्देश प्रवाह गर्न आयोजित प्रतियोगितामा “चरिको कथा,” “स्याडो,” “शिशिर,” “सत्य,” “निकृष्ट” र “दुव्र्यसन” जस्ता संवेदनशील विषयमा नाटक मञ्चन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले  विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिको माध्यम प्रदान गर्नुका साथै समाज परिवर्तनको अभिन्न हिस्सा बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ का संयोजक श्रीराम दाहालका अनुसार प्रत्येक विद्यालयमा दिउँसो १ बजे नाटक प्रदर्शन गरिने बताउनुभयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उहाले बताउनुभयो। कार्यक्रम व्यवस्थापनको जिम्मा झलझली मल्टीक्रियसनले लिएको छ। आयोजकका अनुसार हरेक दिन १०–१३ जनाको समूहले कम्तीमा ३० मिनेटको नाटक प्रदर्शन गर्नेछन्।
सामाजिक जागरण र कलाको प्रवद्र्धन गर्ने यो पहलले विद्यालय स्तरबाटै सचेतना फैलाउने र विद्यार्थीलाई सिर्जनशील क्षमताको विकास गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।